माछापुच्छ्रे बैंकले लिलामी गरेको सेयर सूचीकरण

Nov 17, 2017 Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले लिलामीमा ल्याएको सेयर शुक्रबार नेप्सेमा सूचीकरण गराएको छ । बैंकले एक लाख ६० हजार ७४२ दशमलव ६४ कित्ता सेयर सूचीकृत गराएको हो ।

माछापुच्छ्रे बैंकले साउन ५ गतेदेखि भदौ ७ गतेसम्म १२ प्रतिशत हकप्रद जारी गर्दा अवितरित भएको २० हजार दुई कित्ता संस्थापक तथा एक लाख ४० हजार ७४० कित्ता सेयर कात्तिक ५ गतेदेखि १४ गतेसम्म लिलामीमा ल्याएको थियो ।

सोही सेयर बैंकले शुक्रबार सूचीकरण गराएको हो । बैंकले गत आर्थिक बर्षमा वितरण गरेको ९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन पनि शुक्रबार नै भएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।