सेञ्चुरीसँग प्राप्ती हुनुअगाडि अल्पाईनले प्रगति कस्तो रह्यो ?

Nov 17, 2017 Merolagani

अल्पाइन डेभेलोपमेण्ट बैकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ३६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्ष बैकको नाफा ५४ लाख ५६ हजार रहेको थियो । यो ३३.१४ प्रतिशत कम हो ।

समीक्षा अवधिमा ६९ प्रतिशत हकप्रद विक्रीबाट २१ करोड ९७ लाखको चुक्ता पूँजी ४१ करोड ४४ लाख बनाएको बैकले पूँजी बढे अनुपातमा आम्दानी गर्न नसक्दा बैकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९३ पैसाबाट घटेर ३ रुपैयाँ ५२ पैसामा सिमित भएको छ । बैंकको जगेडा कोष ४ करोड २८ लाखले बढेर १४ करोड ४९ लाख पुगेको छ ।

खुद व्याज आम्दानीमा १८ लाख र सञ्चालन आम्दानीमा ५५ लाखले कमी आउनु तथा सञ्चालन खर्चको वृद्धि बैंकको नाफा घट्ने कारक बनेका छन् । समीक्षा अवधिमा खुद व्याज आम्दानी दुई करोड १२ लाखवाट घटेर एक करोड ९४ मा पुगेको छ भने सञ्चालन आम्दानी ७१ लाख ९६ हजारबाट १६ लाख चार हजारमा सिमित भएको छ । यसबाट बैंकको सञ्चालन नाफा ५७ लाख ३२ हजारमा झरेको छ ।

समक्षिा अवधिमा बैकले निक्षेपको आकार ६ करोड रुपैयाँले बढाएर एक अर्ब ८३ लाख पुर्याएपनि बैंकको कर्जा लगानीको आकार ९ करोड रुपैयाँले घटेर एक अर्ब ४८ करोडमा झरेको छ ।

समीक्षा अवधिमा निष्कृय कर्जा अनुपातलाई ३.१६ बाट २.९४ प्रतिशतमा झार्न बैंक सफल भएपछि कर्जा नोक्सानी कोष व्यवस्था ९२ लाख ३१ हजारबाट ३३ लाख १५ हजार गर्दा पुगेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ९७ पैसा, प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।