प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनस पारित

Nov 17, 2017 merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बारामा सम्पन्न कम्पनीको १६ औ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।



हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ३१ लाख २० हजार हुनेछ ।

कम्पनीले गत आर्थिक बर्षमा १७ करोड १३ लाख ८१ हजार ५ सय ५४ रुपैयाँ खुद मुनाफा गरेको थियो । उक्त अवधिमा कम्पनीले १ अर्ब २५ करोड ८५ लाख ९४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

सोह्रौं वार्षिक साधारण सभाले अध्यक्ष श्री अशोक कुमार अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/ ७४ को वार्षिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।