साताकाे सेयर बजार : नेप्से र कारोबार रकम दुबै बढ्यो, चिलिमेको उच्च कारोबार

Nov 18, 2017 Merolagani

यस साता नेप्से परिसूचक र कारोबार रकम दुबै बढेको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११.९२ अंकले बढेर अन्तिम दिन १४८९.०६ अंकमा बन्द हुन पुगेको छ । कारोबार रकम गत साताको तुलनामा १५.६ प्रतिशत अर्थात ३९ करोड ४० लाख रुपैयाँले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जमा यस साता १८० कम्पनीहरुको २९ हजार ३३० कारोबारबाट दुई अर्ब ९२ करोड पाँच लाख १५ हजार रुपैयाँ बराबरका ६८ लाख २७ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । अघिल्लो साता १७९ कम्पनीहरुको २९ हजार १३ कारोबारबाट दुई अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपैयाँ बराबरका ६० लाख ५९ हजार छ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साताको पाँचै दिन कारोबार भएको बजारमा कारोबार रकमका आधारमा यस साता चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै १६ करोड १९ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु बैंक लिमिटेड संस्थापक १२ करोड ६२ लाख ८० हजार, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ११ करोड २४ लाख ३० हजार, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० करोड ७६ लाख र नेपाल टेलिकमले ९ करोड ३८ लाख ५० हजार रुपैयाँको कारोबार गर्दे धेरै कारोबार गर्ने पाँच कम्पनीभित्र परेका छन् ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंकको संस्थापक अग्रस्थानमा रहेको छ । प्रभुको ६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ भने १६ सय ९ वटा कारोबार भएको नेपाल ग्रामिण विकास बैंक कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको छ ।

साताकाे समूहगत परिसूचककाे उतारचढाब यसप्रकार रहेकाे छ ।

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।