राष्ट्रिय बीमा संस्थानको खुद नाफा साढे २६ लाख रुपैयाँले बढ्यो

Nov 19, 2017 Merolagani

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान ले चालु आर्थिक प्रथम त्रैमासमा ४३ लाख ८६ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा २६ लाख ४८ हजार रुपैयाँ बढी हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधि राष्ट्रिय बीमा संस्थानले ९२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ भने ४८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ । गत बर्षको तुलनामा कम्पनीको आम्दानी ५३.३४ प्रतिशतले बढेको छ भने खर्च समेत १३.३४ प्रतिशतले बढेको देखिन्छ ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा तथा कोषमा १५ करोेड ४४ लाख रुपैयाँ र जीवन बीमा कोषमा १३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ राखेको छ । कम्पनीले अभिकर्ता खर्चमा गत बर्षको तुलनामा १३.९९ प्रतिशत बढी (४० लाख ४३ हजार) अर्थात तीन करोड २९ लाख ५० हजार खर्च गरेको छ ।

कम्पनीले यस अबधीमा खुद बीमा शुल्कबापत ६४ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यसैअवधिको तुलनामा १३.३० प्रतिशत वा सात करोड ५९ लाख रुपैयाँ बढी हो । त्यस्तै कम्पनीले ७३ करोड १५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत बर्षको यसैअवधिमा ५६ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

जीवन बीमा कम्पनीहरुको प्रथम त्रैमासको बीमांकीय मुल्यांकन नभई अपरिस्कृत बित्तीय बिबरणको आधारमा मात्र प्रति सेयर आम्दानी र समग्र अबस्था झल्कन भने सक्दैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।