प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधन

Nov 19, 2017 merolagani

एकिकृत माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको दुखद निधन भएको छ । हृदयाघातपछि उपचारको क्रममा नर्भिक अस्पतालमा पुर्याइएका दाहालको आइतबार विहान निधन भएको हो । 

उनको बिहान ५ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

अस्पतालले औपचारिक घोषणा नगरेपनि अस्पताल पुगेका एक  माओवादी नेताले दाहालको निधन भईसकेको मेरोलगानीलाई बताए । 

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । 

 हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । प्रचण्ड काठमाडौ आइसकेपछि मृत घोषणा गर्ने तयारी भएको छ ।

चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

 सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए । उनी प्रचण्डको सचिवालयमा काम गर्दै आएका थिए । माओवादीले चलाएको सशस्त्र युद्धमा समेत सामेल प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । 

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।