गरिमाले प्रस्ताव गर्यो बोनस,राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुग्ने

Nov 19, 2017 merolagani

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा ३४ करोड २६ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।



बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीतर्कालाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड रुपैंया छ । बोनसपछि बैंकको पूँजी २ अर्ब ५३ करोड पुग्नेछ ।

 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात १.०२ प्रतिशत, प्रतिसेयर आम्दानी ६ रुपैंया २१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैंया ५० पैसा रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।