लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस प्रस्ताव

Nov 19, 2017 Merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले गत आर्थिक बर्षको सञ्चित नाफबाट १२.८२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले जारी गरेको हकप्रदले समते पाउने गरि १० कराेड रूपैयाँकाे बाेनस वितरण गर्ने  प्रस्ताव गरिको हाे ।

हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सको बोनसपछि चुक्ता पूँजी ८८ करोड रुपैयाँ पुग्नेछ । २०७५ असार मसान्तसम्म्मा कम्पनीले एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

 

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा तीन करोड नौं लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा कायम गरेको छ । इन्स्योरेन्सले यस अवधिमा २१ करोड ५० लाख खुद बीमा शुल्क आर्जन गरि ९ करोड ९६ लाखको भुक्तानी गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

इन्स्यारेन्सको जगेडा कोषमा १२ करोड ५३ लाख तथा बीमा कोषमा ३४ करोड १५ लाख रुपैयाँ रहेको छ । ३२ हजार १३० बीमा लेखबाट ३० करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । उसको नविकरण गरिएको बीमालेखको संख्या चार हजार ७१० वटा रहेको छ ।

यस अवधिमा कम्पनीले एक हजार ९९२ वटा दाबी भुक्तानीका लागि ३२ करोड ७६ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी रहेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।