ज्योति विकास बैंक शाखा बिस्तारमा आक्रामक, ४६ शाखा सञ्चालनमा

Nov 19, 2017 Merolagani

ज्योति बिकास बैंकले देशभर शाखा संजाल र कारोबार बिस्तारको क्रमलाई तिब्र बनाएको छ । शुक्रबार महोत्तरीको रामगोपालपुरमा नयाँ शाखा बिस्तार गर्दै ज्योतिले शाखा संजाल र कारोबार बिस्तार बढाउने क्रम तिब्र बनाएको हो । रामगोपालपुर सहित बैंकको शाखा संख्या ४६ पुगेको छ ।

रामगोपालपुरको शाखा उद्घाटनमा बैंकमा नायव मुख्य कार्यकारी मनोज ज्ञवाली लगायतको सहभागिता थियो ।
ज्योतिले शहर र गाउँ सबैतिर आफ्नो उपस्थिति बलियो पार्ने अभियान अन्तर्गत दु्रत रुपमा शाखा बिस्तार थालेको जनाएको छ । तराईका राजमार्ग केन्द्रित क्षेत्रमा शाखा बिस्तार गरेर उसले राजधानी बाहिरको कारोबारलाई पनि उत्तिकै महत्व दिएको हो ।

ज्योतिले निकट भविष्यमा नै दमक, बिर्तामोड, जनकपुर, खुर्साने, गोलबजार, धनगढी काठमाडौको पेप्सीकोला, नेपालटार, कालीमाटी, ठमेल लगायतका स्थानमा पनि शाखा बिस्तार गर्ने जनाएको छ ।

अहिले बैंकले १४ वटा एटिएम मार्फत सेवा दिंदै आएको छ । सबै शाखाबाट बैंकले निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले राप्तीभेरी विकास बैंकलाई आफुमा गाभेर चुक्ता पूँजी २ अर्व ३७ करोड पुर्याएको छ । गत आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरी बैंकले अढाई अर्ब पूँजी पुर्याउनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।