माथिल्लो तामाकोसीले यसै बर्ष दुई अर्ब ६४ करोडको सेयर जारी गर्ने

Nov 19, 2017 merolagani

स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले यसै साल भित्र सर्वसाधारण तथा स्थानीयका लागि सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले स्थानीयलाई १० प्रतिशत तथा सर्वसाधारणलाई १५ प्रतिशत साधारण सेयर जारी गर्ने भएको हो ।

सेयर निष्कासनको प्रक्रिया थाल्न मंसिर महिनाभित्र नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण पेस गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ०७४ सालभित्रै  सेयर निष्कासन गरेर बाँडफाँड गर्ने योजना छ ।

आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत (१ अर्ब ५ करोड ९० लाख रुपैयाँ) १ करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत (१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ) १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् ।

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड भइसकेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोशीको मुख्य सुरुङ निर्माण सम्पन्न, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य

कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युतगृहको  भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ । कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ । 

स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।