धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई लगायो यस्तो अंकुश

Nov 19, 2017 merolagani

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट वैंकरहरुलाई आफु  आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्न रोक लगाएको छ । मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार अब मर्चेन्ट वैंकरहरुले आफु आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध कार्य गर्न पाउने छैनन् ।

त्यस्तै बोर्डले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्न तथा आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगराउन निर्देशन दिएको छ ।

आफु आधारभूत सेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको निष्काशन तथा विक्री प्रवन्धकले धितोपत्रको प्रत्याभूति गर्दा स्वार्थ बाझिन सक्ने अवस्थालाई दृष्टिगत गरी मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई  पारदर्शी वनाउन यस्तो व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

 

यो व्यवस्थावाट धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित भई अझ स्वच्छ, स्वतन्त्र तथा पारदर्शी हुने वोर्डको अपेक्षा छ ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।