रिलायन्सले मंसिर २२ देखि ४५ प्रतिशत हकप्रद विक्री गर्ने, हकप्रद भर्न चार कार्यदिनभित्र सेयरधनी बन्नुपर्ने

Nov 20, 2017 Merolagani

रिलायन्स फाइनान्स (RLFL) ले मंसिर २२ गतेदेखि चुक्ता पूँजीको ४५ प्रतिशत अर्थात १० बराबर ४ दशमलव ५ कित्ता हकप्रद जारी गर्ने भएको छ । हकप्रदमा पुस २७ गतेसम्म आवेदन गर्न पाईनेछ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित दरको २३ लाख ६ हजार ५७१ दशमलव ६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद जारी गर्नका लागि फाइनान्सले मंसिर ८ गते सेयरधनी किताब बन्द गर्देछ । यसअनुसार मंसिर ७ गतेसम्म अर्थात अाजकाे चार कार्य दिनभित्र सेयर किनेर कायम रहेका सेयरधनी वा यसअघि नै सेयरधनी रहेका लगानीकर्ताले ४५ प्रतिशत हकप्रदमा भर्न पाउनेछन् ।

रिलायन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । ५१ करोड २५ लाख ७१ हजार ७०० रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख २८ हजार १६० रुपैयाँ पुग्नेछ ।

गत आवमा फाईनान्सले १० करोड ९८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा कायम गरेको छ । फाईनान्सको सेयर सोमबार प्रतिकित्ता १९० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

हकप्रदपछि गत आर्थिक बर्षको नाफाबाट ६ करोड रुपैयाँको बोनस वितरण गर्दा फाईनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कहाँ कहाँ बाट दिन सकिन्छ हकप्रदमा आवेदन ?

हकप्रदमा सनराईज क्यापिटल कमलपोखरी, रिलायन्स फाइनान्स प्रदशनीमार्ग, न्युरोड तथा उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु (विराटनगर, वीरगञ्ज, बुटवल, धरान, नेपालगञ्ज, लाहन, दमक र राजविराज) तथा रिलायन्स फाईनान्सका शाखाहरु –महेन्द्रपुल पोखरा, नारायणगढ, बेशीशहर, जनागाल काभ्रे, आरुघाट गोरखा र चारआली झापा) मार्फत समेत आवेदन गर्न सकिने क्यपिटलले जनाएको छ ।

उपरोक्त स्थानहरुबाट हकप्रद भर्न नसक्ने सेयरधनीले फाइनान्स वा विक्री प्रबन्धकको वेभसाईटबाट फारम डाउनलोड गरेर भरी सनराइज क्यापिटल लिमिटेडको नाममा एकाउण्टपेयी डाफ्ट हुलाक वा कुरियर मार्फत पठाउन सकिने क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।