युनाइटेड फाइनान्स बन्यो बुम रेमिटको एजेण्ट

Nov 20, 2017 Merolagani

बुम रेमिट्यान्सले युनाईटेड फाईनान्सलाई एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र युनाईटेड फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बुम रेमिट मार्फत नेपालीले विदेश बाट पठाएको रकम युनाईटेड फाईनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) काम गर्नेछ ।

बुम रेमिट्यान्सको ७५ जिल्लामा ४ हजार भन्दा बढि सब–ऐजेन्टहरु छन् । युनाईटेड फाईनान्स लिमिटेडको मुलुकभर १५ वटा शाखा सञ्चालनमा छन् ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।