हिमालयन इन्स्योरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nov 20, 2017 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले सर्वसाधारणको लागि खुला गरेको ७१ हजार ५३० कित्ता सेयर लिलामीमा शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सको लिलामी सेयरमा उपत्यका बाहेक देशभरका विभिन्न सात शहरबाट समेत आवेदन गर्न पाईनेछ ।

कम्पनीले गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको १६६ प्रतिशत हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा आएको हो । 

कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी काठमाडौका साथै एनएमबि बैंकको वीरगञ्ज, पोखरा, सुर्खेत, विराटनगर, बुटवल, नेपालगञ्ज र घनगढी शाखा कार्यालय मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा आवेदन गर्न सक्नेछन् । हिमालयन जनरल इन्स्योरेन्सले १६६ प्रतिशत हकप्रद बेचेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्तापूँजी पुर्याउने पहिलो निर्जीवन बीमा कम्पनी समेत बनेको छ ।

हकप्रद जारीपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको आईतबार प्रतिकित्ता सेयरमूलय ७१४ रुपैयाँ रहेको छ ।

बोलपत्र खोल्ने मिति र स्थान सबै संकलन केन्द्रबाट क्यापिटलमा बोलपत्र आवेदन प्राप्त भएपछि जानकारी दिने उल्लेख छ । इन्स्याेरेन्सकाे सेयर साेमबार प्रतिकित्ता ७०० रूपैयाँमा हाराहारीमा काराेबार भएकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।