बैंकले ११ करोड १० लाख रुपैयाँको चुक्ता पूँजी बढाएर १५ करोड १० लाख पुर्याएको छ । उसको जगेडा कोष ४६ लाखले बढेर तीन करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
निक्षेप संकलन र कर्जा प्रबाहमा समेत खासै प्रगति गर्न नसकेको बैकको व्याज आम्दानी घटेर खर्च बढ्दा ५३ लाख रुपैयाँ व्याज आम्दानी घाटामा रहेको छ । गत बर्ष ९१ लाख खुद नाफा गरेको थियो ।
समीक्षा अवधिमा बैकको अन्य सञ्चालन खर्चमा सुधार भएपनि आम्दानी घटेको पाइएको छ भने कर्मचारी खर्च ह्वात्तै बढ्दा सञ्चालन घाटा एक करोड ६९ लाख पुगेको हो ।
निष्कृय कर्जा अनुपातलाई घटाएर २.०४ प्रतिशतमा कायम गरेको बैंकले संम्भावित कर्जा नोक्सानी वापत १० लाख व्यवस्था गरेको छ । बैकले खराव कर्जा असुली र गैर सञ्चालन नाफा गर्न नसकेको वित्तीय विवरण निकालेको छ ।
सबै सूचकहरु नकारात्मक हुन्दा प्रतिशेयर आम्दानी ११ रुपैया २५ पैसा नकारात्मक बनेको छ भने मूल्य आम्दानी अनुपात पनि २८.२७ गुणाले ऋणात्मक भएको पाइएको छ ।