मेगा र टुरिजम् बैंकको मर्जर भाँडिने संकेत,साधारणसभामा भयो भाडभैँलो

Nov 20, 2017 merolagani

मेगा बैंक(MEGA)  र टुरिजम् डेभेलोपमेण्ट बैंकबीचको मर्जर प्रक्रिया भाडिने सम्भावना बढेर गएको छ । टुरिजम्सँगको मर्जर प्रस्ताव पारित गर्न मेगा बैंकले बोलाएको साधारणसभामा बैंकका संचालक तथा सेयरधनीहरुबीचको चर्काचर्कीले मर्जर भाडिने संकेत देखिएको हो ।



मेगा बैंकले बोलाएको विशेष साधारणसभा बैंकका सेयरधनी र संचालकहरु बीच स्वाप रेशियोको बिषयलाई लिएर विवाद बढेको छ । जसकारण अपौचारिक रुपमा साधारणसभा संचालन हुन सकेको छैन । तर अनौपचारिक रुपमा भने साधारणसभाका सहभागीहरुले आफ्ना भनाईहरु राखिरहेका छन । विहान ११.३० बजे बोलाइएको साधारणसभा दिउसो २.३० बजे सम्म अगाडि बढ्न सकेको छैन ।

दुई बैंकबीच मर्जर सम्झौता हुँदा टुरिजम्को एक सय किता शेयर बराबर मेगाको ९५ किता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने सम्झौता गरिएको थियो । तर दुबै बैंकको चलअचल सम्पत्ति दायित्व तथा कारोबार मूल्याँकन प्रतिवेदन (डीडीए) बाट स्वाप रेशियो ९१.९७ प्रतिशत कायम भएपछि स्वाप रेशियोको विवाद साधारणसभामा उठेको हो ।

बैंकका सेयरधनी तथा लगानीकर्ताले डीडीएको प्रतिवेदन अनुसार मर्जरमा जानु पर्ने बताएका छन् । तर पदाधिकारी तथा संचालकहरु सम्झौता अनुसार अघि बढ्नु पर्ने पक्षमा छन् । सो कार्यक्रममा बैंकका सिईयो अनिल शाहले मेगा बैंक मर्जरमै जादा सबल हुने बताए । मर्जरमा गए दुई बर्षमा दुई अर्ब रकम जोगिने शाहको भनाई थियो ।

मेगा बैंकको ६५ प्रतिशत हकप्रद निष्काशन पुरा भएपछि यी दुई बैंकको मर्जर प्रकृया अगाडी बढाइएको हो । स्वाप रेशियो गणना गर्दा मेगा बैंकले बिक्री गरेको हकप्रदलाई समायोजन गरिएपनि टुरिजमले निष्कासन गरेको हकप्रद समायोजन नगरिएकोमा लगानीकर्ताले आपत्ति जनाएका छन् ।   डिडिए गणना गर्दा मेगाले निष्कासन गरिएको हकप्रदलाई समायोजन गरियो तर टुरिजमले निष्कासन गरेको शतप्रतिशत हकप्रद समायोजन गरिएन, यसकारण यो मर्जर हुन सक्दैन । एक सेयरधनीले मेरो लगानीलाई भने ।

अहिले मर्जरमा जाने र नजाने पक्षबीच आ-आफ्नो पक्षमा प्रोक्सी जुटाउने कार्य भईरहेको छ । सम्भवत मर्जरमा जाने नजाने बिषय भोटिङबाट टुङ्याउने अवस्था आउन सक्ने साधारणसभामा सहभागी  एक सेयरधनीले बताए ।

मेगाले ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरी चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरणपछि मर्जरबिनै मेगा बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

टुरिजम् र मेगा बैंक गाभिएपछि बन्ने मेगा बैंकको चुक्तापूँजी झण्डै साँढे दश अर्ब पुग्ने देखिन्छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।