प्रुडेन्सियल इन्स्योरेन्सको बुकक्लोज

Nov 20, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को ३० हकप्रद विक्री गर्नका लागि सेयर दाखिला बन्द गर्ने मिति तोकेको छ । इन्स्योरेन्स कम्पनीले मंसिर १५ गते हकप्रद जारी गर्न बुक क्लोज गर्ने निर्णय गरेको नेप्सेलाई जानकारी गराएको हो ।

यसअनुसार मंसिर १४ गतेसम्म कायम रहेका इन्स्योरेन्सका सेयरधनीले मात्र हकप्रदमा गर्न पाउनेछन् । कम्पनीले हकप्रद जारी गर्न एनआईसी एशिया क्यापिटललाई विक्री प्रबन्धक नियुक्ति गरेको छ ।

४२ करोड ७६ लाख ८० हजार चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १० बराबर ३ कित्ता अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ५५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

मंसिर १ गते शुक्रबार सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणले २० बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस पूँजीकरण गर्दा ६४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

कम्पनीले चालु आवको प्रथम त्रैमासमा दुई अर्ब करोड ५२ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६० पैसा कायम गरेको छ । कम्पनीको प्रतिकित्ता सेयरमूल्य सोमबार प्रतिकत्ता ११५० रुपैयाँ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।