खुद ब्याज आम्दानी सामान्य बढेपनि संचालन मुनाफा घटेपछि बैंकको नाफा घट्न पुगेको हो । ७ करोड २५ लाख रुपैयाँ चुक्तापूँजी भएको समिटको जगेडा कोषमा ८ करोड ९६ लाख रुपैयाँ राखेको छ ।
चुक्ता पुँजी बढाउने क्रममा समिटले गत वर्षको कमाईबाट ३४.४८ प्रतिशत बोनस सेयर र १०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा पनि गरेको छ । गत भदौमा कम्पनीले ७ लाख २५ हजार कित्ता हकप्रद समेत बिक्री गरेको थियो ।
यस अवधिमा कम्पनीले ४८ करोड ९९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ करोड २८ रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३२ पैसा, मूल्य आम्दानी अनुपात १८४ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ १८ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.३३ प्रतिशत छ ।