मेगा बैंकको बाहेक अन्य कुनै कम्पनीको सेयर छैन : अनिल शाह

Nov 21, 2017 merolagani

मेगा बैंक (MEGA) छाडेर सेञ्चुरी बैंकको प्रमुख कार्यकारीको कार्यभार सम्हाल्न जान लागेका मेगा बैंकका सिईओ अनिल केशरी शाहले आफुसँग मेगा बैंकको बाहेक अन्य कुनै कम्पनीको सेयर नभएको बताएका छन् ।

टुरजिम डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्न सोमबार मेगा बैंकले बोलाएको विशेष साधारणसभामा शाहले यस्तो बताएका हुन । सेयर स्वाप रेशीयोको बिषयमा साधारणसभामा विवाद उठिरहेको र केही लगानीकर्ताले मर्जर सम्झौताको क्रममा मेगा बैंकको व्यवस्थापकहरु बाटै इन्साइडर टेड्रिगं गरिएको आक्षेपको खण्डन गर्दे शाहले यस्तो बताएका हुन् ।

साधारणसभामा केही वक्ताहरुले मेगा र टुरिजमको मर्जर सम्झौता हुने क्रममा केही संचालकहरुले भित्री कारोबार गरेर ठूलो मात्रामा सेयर होल्ड गरेको आरोप लगाएका थिए ।

मेगा बैंक स्थापनाको क्रममा नै आफु जोडिएकाले यो संस्थाप्रति आफ्नो औधी माया समेत रहेको उल्लेख गर्दे स्थापनाकालिन समयदेखि नै बैंकको केही सेयर आफु सँग रहेको उनले बताए ।

साथै उनले भोलिका दिनमा अन्य कुनै कम्पनीको सेयर नलिने उद्घोष समेत गरे । मेगा बैंक मैले जन्माएको बच्चा हो । यसमा अरु धेरै जनाले होस्टेमा हैसे गर्दै आजको दिनसम्म आईपुगेको छ । शाहले भने ।

मेगा बैंक छाड्न लागेका शाहले टुरजिमसँग मर्जरमा जानु नै लाभदायक हुने समेत बताए ।

सोमबार बोलाइएको मेगा बैंकको विशेष साधारणसभामा कोरम नपुगेपछि टुरजिमसँगको मर्जरको प्रस्ताव पारित हुन सकेन ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।