हिमालयन बैंकले विद्यालयलाई हस्तान्तरण गर्यो ल्यापटप र कम्प्युटर

Nov 21, 2017 Merolagani

हिमालयन बैंकले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास मा.वि. लाई १ थान ल्यापटप तथा २० थान कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीहरुको शैक्षिक विकासका लागि यस्तो सहयोग गरेको जनाएको छ ।

बैंकको कार्यालयमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.रा. ले उक्त ल्यापटप तथा कम्प्युटरहरु विद्यालयका प्रधानाध्यापक मेघराज दुलाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।