ङादी ग्रुप पावरले विद्युत्त विक्रीबाट मात्र कमायो पाँच करोड अाम्दानी

Nov 21, 2017 Merolagani

ङादी ग्रुप पावर कम्पनी (NGPL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ५३ लाख ८९ हजार खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३२ लाख ९७ हजार रुपैयाँ बढी हो ।

समीक्षा अवधिमा ङादीले बिजुली बिक्रीबाट हुने आम्दानी ४ करोड २३ लाखबाट बढाएर ५ करोड ३ लाख ९० हजार पारेको छ । जुन १९.१२ प्रतिशतले धेरै हो । कम्पनीले अन्य स्रोतबाट समेत एक लाख ५९ हजार ९१ रुपैयाँ पनि आम्दानी गरेको देखिन्छ । कम्पनीकाे प्रगतिकाे तुलनात्मक अवस्था यस्ताे देखिन्छ ।

नाेट: रकमलार्इ हजारमा तथा प्रतिसेयर अाम्दानी बार्षिकिकरण गरि रूपैयाँमा प्रस्तुत गरिएकाे छ ।

कम्पनीले चुक्ता पूँजी १० प्रतिशत बोनस सेयर वितरण गरि ४८ करोड ६८ लाखबाट बढाएर ५३ करोड ५५ लाख पुर्याएको छ । उसकाे एक करोड रुपैयाँ लगानी बढेर ९ करोड पाँच लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक बर्षको प्रथम त्रैमास सम्ममा कम्पनीको चालु सम्पत्ति १४ करोड ३८ लाख तथा दायित्व पाँच करोड ५६ लाख रुपैयाँको रहेको छ । यस अवधिमा उसको बैंक मौज्दात ८४ लाख ८९ हजार रुपैयाँ तथा सञ्चालन नाफा ११ प्रतिशतले बढेर चार करोड २५ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । तर कम्पनीको जगेडा कोषको रकम झण्डै १५ प्रतिशतले घटेको छ ।

ङादीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९६ पैसा छ भने प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ ९७ पैसा रहेको छ । उसले ५३ करोड ५५ लाख रुपैयाँको ३० हकप्रद जारी गर्ने प्रस्ताव असाेज ६ गतेकाे साधारण सभाबाट पारित गरिसकेकाले हकप्रदपछि उसको पूँजी करिब ७० करोड पुग्ने देखिन्छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।