३१ लघुवित्त कम्पनीको वित्तीय अवस्था कस्तो छ ? तथ्यांकमा हेर्नुहोस्

Nov 21, 2017 Merolagani

लघुवित्त कम्पनीहरुको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लागत कोषको आकार बढ्दा अपेक्षित रुपमा खुद नाफा बढाउन सकेनन् । जसका कारण लघुवित्त कम्पनीहरुको कुल व्याज आम्दानी उल्लेख्य रुपमा बढेपनि व्याज खर्च बढ्दा खुद व्याज आम्दानीमा भारी मात्रामा नकरात्मक असर देखापरेको छ । यहाँ ३१ लघुवित्तका विभिन्न सुचकहरुलाई तथ्यांकमा देखाइएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तमा ३१ लघुवित्तको खुद व्याज आम्दानी कति छ ? उक्त रकरमबाट सञ्चालन खर्च तथा कर्मचारी बोनस र कर कटौती गरेपछि खुद नाफा कति कायम भयो ? तथ्यांकमा हेर्नुहोस् । यस अवधिमा निर्धन उत्थानले सबैभन्दा धेरै खुद नाफा  कमाउँदा समताको सबैभन्दा थोरै छ ।

फोटोमा क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

त्यसैगरी ३१ लघुवित्त कम्पनीहरुको प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपातको अवस्था पनि हेर्नुहोस् । मूल्य आम्दानी अनुपातका आधारमा हेर्दा आरएसडिसीको अवस्था जोखिममा देखिन्छ भने समताको औसत अवस्थामा देखिन्छ । सोमबारको अन्तिम कारोबार मूल्यका आधारमा मूल्य आम्दानी अनुपात गणना गरिएको छ ।

फोटोमा क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

चुक्ता पूँजी तथा जगेडा कोषका आधारमा ३१ लघुवित्त कम्पनीको अवस्था दाँज्नुहोस् । ८ लघुवित्त कम्पनीको जगेडा कोष चुक्ता पूँजीभन्दा धेरै छ । छिमेक लघुवित्तको चुक्ता पूँजी सबैभन्दा बढी रहेकाे छ भने नयाँ नेपाल लघुवित्तको सबैभन्दा थोरै छ ।

फोटोमा क्लिक गरेर ठुलो बनाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।