लगानीकर्तामा देखियो संयमता, बजार तल झर्ने क्रम रोकियो

Nov 21, 2017 Merolagani

गत बुधवारदेखि निरन्तर आरालो लागेको बजार मंगलवार थामिएको छ । मंगलबार बजार परिसुचक नेप्से ३.०८ अंकको सुधारसँगै बन्द भएको छ । आइतबार दोहोरो अंकले तल झरेको बजार सोमबार पनि ६.५६ अंकले तल ओर्लिएको थियो । मंगलबारको सामान्य सुधार सँगै बजार परिसुचक नेप्से १४७२.२४ मा अडिएको छ ।

मंगलबार बजार १४८१.२६ अंकसम्म पुगेपनि टिक्न भने सकेन । यसदिन कारोबार भएका १० वटा समूहमध्ये बिकास बैक, वित्त, उत्पादन र अन्य समूहका उपसूचक तल झरेका छन् । व्यापार, बैकिङ्ग, होटल, जलविद्युत, इन्सोरेन्स र माइक्रोफाइनान्सका उपसूचक उकालो लागेका छन् । सेयर बेच्ने र किन्नेको समानुपातिक उपस्थितीले बजारलाई तल झर्न नदिएको हो ।

बजार बढेपनि कारोवार रकमले भने बजारलाई साथ दिएको छैन । मंगलबार बजारमा १५९ कम्पनीको ८ लाख ४२ हजार ६८२ कित्ता सेयर ३५ करोड ८ लाख १८ हजार रुपैयामा किनबेच भएका छन् । यो अघिल्लो दिनको तुलनामा करीव ४ करोड ७० लाखले कम हो ।

 

मंगलबार नागबेली लघुवित्तको संस्थापक सेयर धेरै किनबेच भएको छ । एभरेष्ट बैंक दोस्रो धेरै कारोबार हुने सूचीमा पर्दा नेपाल लाइफ, प्रुडेन्सियल इन्स्योरेन्स लगायत कम्पनीको पनि अधिक सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा वाणिज्य बैंक तथा बीमा कम्पनी सहित ठुला संस्थाको सेयरको वर्चस्व देखिएको छ ।

बजार थारै बढ्दा चार सय प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा अधिक उछाल आएको छ । पछिल्ला केही दिन यता हकप्रदको लोभमा लगानीकर्ताले उचालिएर सेयर खरिद गर्दा ग्रीनको सेयर मूल्यमा उछाल देखिँदै आएको छ । बिशाल बजार कम्पनीका सेयरधनीले पनि दश प्रतिशतकै हाराहारीमा कमाएका छन । सेयर मूल्य धेरै बढ्ने कम्पनीहरुमा मझौला आकारका परेका छन् ।

यस दिनमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै र एक्सेल डेभेलपमेण्ट बैंकका लगानीकर्ताले पाँच प्रतिशत हाराहारीमा गुमाएका छन् । धेरै गुमाउनेको सूचीमा पनि साना तथा मझौला कम्पनीहरु परेका छन् ।

बजारमा आएको सुधारसँगै लगानीकर्ताको कुल सम्पत्ति १७ खर्ब ११ अर्ब ३५ करोड पुगेको छ, जुन सोमवारको तुलनामा ५ अर्बले बढी हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।