सिभिल बैंकले तोक्यो ४० प्रतिशत हकप्रद निष्काशनको मिति, आस्बाबाट कसरी गर्ने आवेदन ?

Nov 22, 2017 merolagani

सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने मिति तोकेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बराबरको २ करोड ७ लाख ४० हजार ८८७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । बैंकले मंसिर २२ गतेदेखि १०० रूपैयाँ अंकित मूल्यको दरमा पुस २७ गतेसम्म सेयर निष्काशन गर्नेछ ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि मंसिर ५ गते सेयरधनी पुस्तिका बन्द गरिसकेको छ । मंसिर ४ गते सोमबारसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन । हकप्रदको लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल तोकिएको छ ।

हकप्रदका लागि लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर, सिभिल क्यापिटलको कार्यालय सुनधारा, सिभिल बैंकका सबै शाखा, र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीकर्ताको तथ्यांक रुजु गर्ने प्रणालीको अझै विकास भएको छैन । यस अर्थमा केही दिन पछि सिभिल बैंक तथा ललक्ष्मी क्यापिटलले आफ्नो वेब साइटमा प्रकाशित गर्ने हकप्रदको बिवरण लगानीकर्ताले प्रिन्ट गरेर आफ्नो खाता रहेको बैंकमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

५ अर्ब १८ करोड चुक्तापूँजी रहेको बैकको हकप्रदपछि चुक्तापँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिलले ११ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषको सदुपयोग गरी बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।