हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गर्यो साढे ५ प्रतिशत लाभांश

Nov 22, 2017 Merolagani

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले बीमा समितिको निर्देशन अनुसार पूँजी तयार गरिसकेको हुनाले बोनस सेयर बितरण नगर्ने भएको छ । उसले गत असारमा कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश मात्र बितरण गर्ने प्रस्ताव गरेको छ ।

गत असार मसान्तमा इन्स्योरेन्सको चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँ थियो । उक्त रकमको १५ प्रतिशतले हुने ५ करोड ७७ लाख ८० हजार रुपैंया बराबरको नगद लाभांस बितरण गर्ने प्रस्ताव इन्स्योरेन्स सञ्चालक समितिले गरेको हो ।

अहिले इन्स्योरेन्सले १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी १ अर्ब २ करोड ४७ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश हाल कायम चुक्ता पूँजीको ५.६६४ प्रतिशत मात्र हुन आउँछ । यस अर्थमा कम्पनीका सेयरधनीले १५ प्रतिशत नभई ५.६६४ प्रतिशत मात्र नगद लाभांस पाउँछन् ।

पछिल्लो व्यवस्था अनुसार कम्पनीहरुले प्रस्ताव गरेको लाभांस सेयरधनी पुस्तिका बन्द हुने मितिसम्म कायम सेयर धनीले पाउने छन् । जसले गर्दा इन्स्योरेन्सले हकप्रदलाई छुट्याएर लाभांस बितरण गर्न पाउँदैन ।

कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । इन्स्योरेन्सले गत असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद बिक्री गरेको थियो । गत असोज मसान्तमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा कायम भएको थियो ।

१५ निर्जीवन बीमा कम्पनीहरुमा कुन कस्तो ? हेर्नुहोस् तुलनात्मक अध्ययन

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।