किसान माइक्रोफाइनान्सको सेयर लिलामीमा

Nov 22, 2017 Merolagani

किसान माइक्रोफाइनले हकप्रदमा बिक्री नभएको सेयर लिलाम गर्ने भएको छ । माइक्रोफाइनान्सले सर्बसाधारण समूहको १ हजार ३५१ कित्ता सेयर लिलामीमा राख्न लागेको हो ।

यही मंसिर १३ गतेदेखि १९ गतेसम्म माइक्रोफाइनान्सको सेयर लिलाममा राखिने माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्न सकिने क्यापिटलले जनाएको छ ।

माइक्रोफाइनान्सको लिलामी सेयरका लागि सिभिल क्यापिटलको कार्यालय सुनधारा, सिभिल बैंकका बिराटनगर, बीरगञ्ज, नारायणगढ, पोखरा बुटबल र नेपालगञ्ज शाखाबाट पनि आवेदन गर्न सकिन्छ ।
किसानले असोज ४ देखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।