ज्योति विकास बैंकले गएको साता मकवानपुर जिल्लाको फापरबारी, हेटौंडा, महोत्तरी जिल्लाको रामगोपालपुर र काठमाडौंको नेपालटारमा नँया शाखा संचालनमा ल्याएको थियो ।
बैंकले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत आधुनिक बैकिंङ्ग सेवाहरु दिँदै आएको छ ।
हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ ।