माउण्ट मकालुलाई ५० प्रतिशत हकप्रद खुल्यो, यस्ता छन् आवेदन गर्ने स्थान

Nov 23, 2017 Merolagani

माउण्ट मकालु डेभलपमेन्ट बैंक (MMDBL) ले मंसिर ७ गते विहीबारदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर विक्री खुला गरेको छ । बैंंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख ४५ हजार आठ सय कित्ता हकप्रद जारी गरेको हो । 

बैंकको निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकको कार्यालय लाजिम्पाट, लगनखेल, पोखरा तथा माउण्ट मकालुको शाखा कार्यालयहरु तेह्रथुम तथा सम्पुर्ण कार्यालयहरुबाट आवेदन गर्न सकिनेछ ।

धितोपत्र बोर्डको निर्देशन बमोजिम उपत्यका बाहिरका मुख्य शहरबाट आवेदन गर्ने व्यवस्थाका लागि बैंकले इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढीबाट समेत हकप्रद भर्न सकिने व्यवस्था रहेको छ ।

हकप्रदमा कात्तिक १६ गते विहीबारसम्म कायम रहेको सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद पुस १२ गते रहेको छ ।

माउन्ट मकालुको चुक्ता पूँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ रहेका छ । ५० प्रतिशत हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी १० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।

बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ६७३ रुपैँयामा नेप्सेमा कारोबार भएको छ । बैंकलाई काबेली विकास बैंकले एक्वायर गर्ने प्रकृयामा रहेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।