मिर्मिरे माइक्रोले प्रस्ताव गर्यो ३०.८० प्रतिशत बोनस

Nov 23, 2017 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स कम्पनी (MMFDB) ले गत आर्थिक बर्षमा सञ्चित मुनाफबाट सेयरधनीलाई ३०.८० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बुधबार सम्पन्न १२० औं सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो ।

लघुवित्तले गत आवमा कमाएको एक करोड ५४ लाख ७५हजार रुपैयाँ खुद नाफाबाट चुक्त्ता पूँजीकाे ३०.८० प्रतिशत बोनस वितरण गर्ने भएको हो । बुधबारै सम्पन्न सञ्चालक समिति बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

लघुवित्त कम्पनीको कात्तिक १९ गते सम्पन्न ११९ औ सञ्चालक समितिको बैठकले कम्पनीको सचिवमा तुल्सीराम पाठकलाई नियुक्त गरेको छ ।

चार करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ५२ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ४९ पैसा कायम गरेको छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।