अघिल्लो वर्षको बोनस सूचीकृत नहुँदै लक्ष्मीले तोक्यो बुकक्लोज, बन्धक बन्यो लगानी

Nov 23, 2017 Merolagani

लक्ष्मी बैंक (LBL) ले अघिल्लो आर्थिक वर्षको बोनस सेयर सूचीकृत नगराई अर्को साधारण सभा बोलाएको छ । लक्ष्मी बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट १८.२९ प्रतिशत बोनस सेयर बितरण गरेको थियो । उक्त सेयर अझैसम्म नेप्सेमा सूचीकृत नहुँदा लगानीकर्ताको लगानी बन्धक बनेको छ । यही क्रममा बैंकले गत आर्थिक वर्षको प्रस्तावित लाभांस पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस प्रस्ताव पारित गर्नका लागि मंसिर २८ गते साधारण सभा बोलाएको छ । कर प्रायोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस समेत पारित गराउन बोलाइएको साधारण सभाका लागि बैंकले मंसिर ११ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

अघिल्लो आर्थिक वर्षको बोनस हातमा नपरेका लगानीकर्ता भने बैंकको निर्णयबाट नचाहँदा नचाहँदै पनि १० प्रतिशत बोनस स्वीकार गर्नु पर्ने बाध्यात्मक अवस्थामा पुगेका छन् । शतप्रतिशत हकप्रद सूचीकृत भए पनि बोनस सूचीकृत नहुँदा लामो समयदेखि लक्ष्मी बैंकका सेयरधनीको लगानी बन्धक बनिरहेको छ । त्यसमा पनि अब जबरजस्ती बोनस सेयरको भारी बोक्नु पर्ने बाध्यता उनीहरुमा आई लागेको हो ।

मेरोलगानीसँग कुरा गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले केही दिनमा अघिल्लो आर्थिक वर्षको बोनस सूचीकृत हुने बताए । प्रकृयागत कारणहरुले केही ढिला भएको भन्दै उनले सोमबारसम्ममा सेयर सूचीकृत हुने बताए ।

बैंकले सोमबार नै सेयरधनी पुस्तिका बन्द गर्ने भएकाले कुनै पनि हालतमा अघिल्लो बोनस खाएकाहरुले अहिलेको पनि बोनस खानै पर्ने अवस्था उत्पन्न भएको हो । किनकी आगामी सोमबारसम्ममा सेयर किन्नेहरुले मात्र प्रस्तावित १० प्रतिशत बोनस पाउँछन् । सो दिनसम्म अघिल्लो वर्षको बोनस बिक्री गर्न नपाउने हुँदा बाध्यात्मक अवस्थामा १० प्रतिशत बोनस ग्रहण गर्नुपर्ने देखिएकाे हाे।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।