विक्री प्रबन्धक एनअाईबिएल क्यापिटले दिएको प्रारम्भिक जनाकारी अनुसार लिलामीमा राखेको साधारण सेयरको कट अफ मूल्य ५५१ रुपैयाँ कायम भएको छ । जसमा ५५२ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा सेयर माग गर्नेले मागेजति नै सेयर प्राप्त गरेका छन् भने ५५१ रुपैयाँमा बोलपत्र पेश गर्ने लगानीकर्ताले मागेजति सेयर प्राप्त गर्न सकेनन् ।
एक लाख ३१ हजार १५५ कित्ता साधारण सेयरका लागि दुई हजार ३२० जना आवेदकले लिलामी आवेदन गरेका थिए । साधारण सेयरका लागि अधिकतम ५९२ रुपैयाँ सम्मको आवेदन परेको क्यापिटलले जनाएको छ ।
त्यसैगरि २७ हजार ७६५ कित्ता संस्थापक सेयरका लागि ६ जना आवेदकले बोलपत्र पेश गरेकोमा एक जनाले मात्र सेयर प्राप्त गर्न सफल भए । संस्थापक सेयरको कट अफ मूल्य २७१ रुपैयाँ एक पैसा कायम भएको छ ।
मुक्तिनाथले गत भदौ ४ गतेदेखि असोज ८ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री नभएको सेयर पहिलो पटक उपत्यका बाहिरको संकलन केन्द्रबाट समेत आवेदन लिई बाँडफाँड गरेको हो ।
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १३ करोड ५४ लाख खुद नाफा कमाएको मुत्तिलनाथले गत बर्ष २० प्रतिशत बोनस वितरण गरेको छ । बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५८ करोड पुगेको छ ।