नेप्सेमा दोहोरो अंकको सुधार,अघिल्लो दिनको भन्दा दोब्बर कारोबार

Nov 23, 2017 merolagani

साताको अन्तिम दिन विहीबारको कारोबारमा सेयरबजार परिसूचक सँगै कारोबार रकममा समेत उच्च बढोत्तरी आएको छ । व्यापार बाहेक सबै समूहका सूचक सकारात्मक रहेपछि बजार १३ अंकले उकालो लागेको छ भने ६८ करोड बढीको सेयर किनबेच भएको छ ।



बिहीबार नेप्से १३.०३ अंकले बढेर १४९३.०९ अंकमा पुगेको छ। यसदिन १६५ कम्पनीका १३ लाख ९१ हजार कित्ता शेयर ६८ करोड ५७ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन । कारोबार रकम दोब्बर पुगेको छ । बुधबार ३४ करोड बराबरको कारोबार भएको थियो। यसदिन सबैभन्दा बढि साना किसान बैंकको संस्थापक शेयर २१ करोड ९९ लाख रुपैयाँ बराबरको किनबेच भएको छ ।

बजारमा आएको सुधारसँगै बजार पूँजीकरणमा पनि झण्डै १५ अर्ब रुपैंयाँले बढेको छ । बुधबार १७ खर्ब २० अर्ब रुपैंयाँ रहेको बजार पूँजीकरण विहीबार १७ खर्ब ३५ अर्ब पुगेको छ ।

व्यापार समूह बाहेक सबै समूह बढेको बजारमा वाणिज्य बैंक ०.८४, होटल १.०९, विकास बैंक १.२८, जलबिद्युत २.४५, फाइनान्स १.२८, बीमा ०.३३, उत्पादनमूलक ०.६३, अन्य ०.५९ र लघुवित्त १.३९ प्रतिशतले बढेका छन्। व्यापार समूह १.५४ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी सिनर्जी पावरका शेयरधनीले करिब नौ प्रतिशत कमाएका छन्। मिथिला लघुवित्तको सेयरमूल्य पनि आठ प्रतिशत बढीले उकालो लागेको छ । नयाँ नेपाल लघुवित्त, हिमालयन पावर पार्टनर लगायतका कम्पनीको सेयरमूल्य पनि बढेको छ ।

यसदिन हिमालयन जनरल इन्स्योरेन्स र सप्तकोशी डेभलपेमन्ट बैंकका शेयरधनीले तीन प्रतिशतका दरले गुमाए ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।