संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका फाइनान्सले जनाएको छ । सो संस्थाले चालु आवको प्रथम त्रैमाससम्ममा २ अर्ब ५२ करोड निक्षेप संकलन तथा २ अर्ब १४ करोड कर्जा लगानी गरेको जनाएको छ ।
यस अवधिमा फाइनान्सले २ करोड ५० लाख नाफा आर्जन गर्न सफल भएको बताइएको छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, वीरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।
कार्तिक १२ गते देखि ४० प्रतिशत हकप्रद सेयर वितरण गरि रहेको फाइनान्सको हकप्रद र बोनस सेयर वितरण पश्चात ८० करोड चुक्ता पूँजी पुग्ने विज्ञप्तीमा उल्लेख छ ।