भारतमा चेक प्रयोगमा रोक लगाइने खवरले हल्लीखल्ली, गडबडी हुनसक्ने विश्लेषण

Nov 23, 2017 merolagani

भारतमा चेक प्रयोगमा रोक लगाउने तयारी थालिएकाे भन्ने समाचारले सनसनी मच्चाएको छ । नोटबन्दी गरेको केही समय नबित्दै यस्तो निर्णय गरिए नराम्रो असर पर्न सक्ने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । किनकि अधिकांश भारतीय व्यापारीहरूले नगद कारोबार चेक मार्फत गर्दे आइरहेका छन् ।

समाचार अनुसार भारत सरकारले डिजिटल कारोबारलाई बढावा दिनका लागि चेक प्रयोगमा रोक लगाउनका लागि छिट्टै नयाँ प्रस्ताव ल्याउन सक्ने बताएको छ । तर त्यस्तो निर्णयले आर्थिक कारोबारमा नराम्रो असर पर्ने जनगुनासो रहेको छ । यदि चेकमा रोक लगाउने खबर साँचो भयो भने यो जीएसटी (गुड्स एण्ड सर्विसेज ट्याक्स) भन्दा धेरै हतारमा लिइएको निर्णय हुने छ र झन् ठूलो समस्या झेल्नुपर्ने विश्लेषण गरिएको छ ।

नोटबन्दी र जीएसटीपछि भारत सरकारले ल्याएको डिजिटल भुक्तानीको अवधारणा राम्रै भएपनि भारतजस्तो देशका लागि अपरिपक्व हुने टिप्पणी गरिएको छ । ब्रिटेन र स्वीडेनजस्ता देशमा बिद्यमान प्रणाली भित्र्याउन खोज्नु राम्रै भएपनि बिना तयारी यस्तो प्रस्ताव ल्याउनाले धेरै गडबडी हुनसक्ने बताइएको छ ।

भारतमा अधिकाशं मानिसहरू ग्रामिण क्षेत्रमा बसोबास गर्दछन् । उनीहरू भर्खरै मात्र बैंकिङ कारोबार मार्फत चेक प्रयोगमा प्रवेश गरिरहेका बेला यस्तो निर्णयले उनीहरूको बैकिङ्ग पहुँचलाई अंकुश लाग्न सक्छ । 

डिजिटल माध्यमबाट भुक्तानीको तरिका शहरी क्षेत्रमा अपनाएर ग्रामीण क्षेत्रका मानिसहरूलाई जानकारी गराउदै विस्तारै यसको प्रयोग गर्न लगाउनु उपयुक्त हुनसक्ने विश्लेषण गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।