निर्जीवन बीमा क्षेत्रमा २० बर्षदेखि सेवारत कम्पनी बिगतमा विविध कारणले समस्याग्रस्त भएको थियो । २०७१ साल माघ ५ गतेदेखि आईएमई गु्रप लगायत अन्य व्यक्तिहरुले कम्पनी खरिद गरी नयां व्यवस्थापन तयार पारेका थिए । उक्त व्यवस्थापनले २०७२ आषाढ देखि कम्पनीलाई पुनः सञ्चालनमा ल्याएको थियो ।
नयां लगानीकर्ता तथा नयां व्यवस्थापनको हातमा कम्पनी परे पछि बक्यौता वर्षहरुको साधारण सभा सम्पन्न गरेको थियो । बिहीबार एक कार्यक्रमको आयोजना गरी इन्स्योरेन्सले नाम परिवर्तन भएको कुरा सार्वजनिक गरेको हो । साथै कम्पनीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकालले छोटो समयमा विगतको नकरात्मक अवस्था सुधार गरी नयाँ बाटोमा अघि बढेको बताएका थिए ।
चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याएको कम्पनीले ८० प्रतिशत हकप्रदबाट ९७ करोड २० लाख पुर्याउँदैछ । ५ प्रतिशत बोनस बितरण गरी १ अर्ब पूँजी पुर्याउने योजना कम्पनीको छ ।
गत असोज मसान्तसम्ममा करिब २२ करोड रुपैंयाको कुल बीमाशुल्क आर्जन गगरेको कम्पनीले २ करोड ५५ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको छ । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र, विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्धती तथा साधारण शेयरमा कम्पनीले ८२ करोड रुपैंया लगानी गरेको छ । जगेडा कोषमा २२ करोड रुपैंया सञ्चित रहेको इन्स्योरेन्सको शाखा सञ्जाल २५ तथा सेवा काउण्टर १० रहेका छन् । निकट भविष्यमा नै कम्पनीले थप १८ स्थानमा शाखा बिस्तार गर्दैछ ।
छोटो समयमा नेपाली बीमा बजारमा अग्रणी कम्पनीको रुपमा आफनो स्थान सुरक्षित गर्ने विस्वासका साथ अघि बढिरहेको कम्पनीले सेवाग्राहीलाई चुस्त र सहज सेवा दिने प्रतिबद्धता जनाएको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाण्डौंबाट ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने जनाएको छ । त्यसै गरी एक्सटेण्डेड वारेन्टी पोलिसी, साइवर पोलिसी तथा बैंकासुरेन्स पोलिसी जार्ने गर्ने कम्पनीले जनाएको छ ।
एनबी इन्स्योरेन्सको कमाई दोब्बरले बढ्दा प्रतिसेयर आम्दानी के भयो ?