नयाँ नेपाल लघुवित्तले प्रस्ताव गर्यो बोनस,बोनसपछि २५० प्रतिशत हकप्रद जारी गर्ने

Nov 24, 2017 Merolagani

नयाँ नेपाल लघुवित्त (NNLB) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै बोनसपछि कायम हुने पूँजीको २५० प्रतिशत हकप्रद जारी गरि गर्ने निर्णय समेत बैठकले गरेको छ ।

लघुवित्त कम्पनीको मंसिर ८ गते सम्पन्न सञ्चालक समिति २२१ औं बैठकले दुई करोड रुपैयाँको २० प्रतिशत अर्थात ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बैठकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५२६ प्रतिशत बराबरको दुई लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

धुलिखेल काभ्रेमा मुख्य कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्तको हाल दुई करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी दुई करोड ४० लाख रुपैयाँ पूग्नेछ । उसले एक बराबर दुईं दशमलव पाँच कित्ता अनुपातमा ६ करोड रुपैयाँको हकप्रद सेयर जारी गरि आठ करोड ४० लाख रुपैयाँ कायम गर्न लागेको हो ।

लघुवित्तले चालु आवको प्रथम त्रैमास अवधिमा दुई लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएपछि प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ४० पैसा कायम भएको छ । उसको मूल्य आम्दानी अनुपात भने २२४४ गुणा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।