लक्ष्मी बैंकसहित चार कम्पनीको एक करोड ४३ लाख कित्ता सेयर सूचीकृत

Nov 24, 2017 Merolagani

शुक्रबार चार कम्पनीको एक करोड ४२ लाख ९६ हजार ४०२ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । लक्ष्मी बैंक, ज्योति विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक, र अरुण भ्याली हाईड्रोपावरले सो परिमाणको सेयर सूचीकरण गराएका हुन् ।

लक्ष्मी बैंकले अधिल्लो आर्थिक बर्ष २०७२/७३ मा वितरण गरेको १८.२९ प्रतिशत बोनस एक बर्ष ढिला गरि सूचीकृत गरेको हो । बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता सेयर सूचीकरण भएको छ । सूचीकरण सँगै सेयरधनीले लक्ष्मी बैंकको बोनस खातामा प्राप्त भएपछि सेयर कारोबार गर्न सक्नेछन् । 

ज्योति विकास बैंकले १५ लाख ७० हजार ६३७ दशमलव १० कित्ता सेयर सूचीकरण गराएको छ । बैंकले राप्तीभेरी विकास बैंक र युनियन फाइनान्स कम्पनी तर्फको सेयर सूचीकरण गराएको हो । दुबै संस्थाले ज्योतिले एक्वायर गरेको थियो ।

त्यस्तै वेष्टर्न डेभलपमेन्ट बैंकले तीन लाख १३ हजार ९२० कित्ता सेयर सूचीकरण गराएको छ । बैंकले बोनस सेयर सूचीकरण गराएको हो । बैंकको गत असार २७ गते सम्पन्न ११ औ बार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस पारित गरेको थियो । सोही सेयर शुक्रबार सूचीकृत भएको हो ।

अरुण भ्याली हाईड्रोपावर कम्पनीले आठ लाख ४८ हजार १९३ कित्ता सेयर सूचीकरण गराएको छ । हाईड्रोपावर कम्पनीले गत आर्थिक बर्ष २०७२ ७३ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत गरेको हो । कम्पनीले समेत एक बर्षभन्दा बढी समयपछि सेयर सूचीकरण गरेको छ ।

अझै पनि केही कम्पनीहरुले अघिल्लो बर्षको साधारण सभाबाट पारित बोनस सेयर एक बर्ष वितिसक्दा पनि सूचीकरण नगर्ने प्रवृत्ती देखिएको छ । यसमा नियामक निकायले ध्यान दिन जरुरी देखिन्छ । यसबाट लगानीकर्ताले लगानीको प्रतिफल समेत समयमा नै प्राप्त गर्ने वातावरणको सिर्जना हुनेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।