साधारण सभामा आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण सहितको वित्तीय विवरण प्रतिवेदन पारित गर्ने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारणतर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, र लेखापरिक्षक नियुक्ति सम्बन्धी सामान्य प्रस्तावहरु रहेका छन् ।
कम्पनी ११ करोड ८१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेकाले गत आर्थिक बर्षमा लगानीकर्तालाई लाभांश खुवाउने अवस्था छैन । साधारण सभा प्रयोजनका लागि मंसिर १ देखि सेयरधनी किताब बन्द गरेकाले कात्तिक ३० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
चुक्ता पूँजी ७० करोड रुपैया रहेको कम्पनीले गत बर्ष पुस ८ देखि १२ गते सम्म सानिमा क्यापिटल मार्फत २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । चालु आवको प्रथम त्रैमासमा कम्पनीको नाफा तीन करोड ३९ लाख ३८ हजार तथा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा रहेको छ ।