कन्काईकाे २१४ प्रतिशत हकप्रद सेयरधनीको खातामा जम्मा

Nov 24, 2017 Merolagani

कन्काई विकास बैंक (KNBL) ले गत साउन ९ देखि भदौ ११ गतेसम्म बिक्री गरेको २१४ हकप्रद सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ । बैंकले हकप्रद सेयर जारी गर्न सेयरधनी किताब बन्द गर्नुभन्दा (असार १८ गते) अगाडि डिम्याट गराएका सेयरधनीहरूकाे हितग्राही खातामा नै हकप्रद सेयर जम्मा गरेको जनाएकाे छ ।

बैंकले बुकक्लोज हुने समयभन्दा पछाडि डिम्याट गरेका वा हालसम्म भौतिक रुपमा नै सेयर ग्रहण गरेका सेयरधनीलाई  डिम्याट गराएपछि खातामा नै जम्मा गरिने भएकाले अबिलम्ब हितग्राही खाता खोल्न आग्रह गरेको छ । भौतिक सेयर धारण गर्ने सेयरधनीको हकमा आफुसँग भएको सेयर अभौतिकिकरण गरेपछि मात्र हकप्रद सेयर खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

हालसम्म हितग्राही खाता नखोलेका सेयरधनीले नजिकको कुनै पनि धितोपत्र निक्षेप सदस्य वा बैंकको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल वा सिद्धार्थ बैंकमा हितग्राही खाता खोल्न सकिने बैंकले जनाएको छ ।

कन्काई विकास बैंकले एक बराबर २ दशमलव १४ अनुपातमा ३२ लाख १० हजार कित्ता हकप्रद सेयर गत साउन ९ देखि भदौ ११ गतेसम्म बिक्री गरेको थियो ।

४१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कन्काईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ८३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।