सबै कम्पनीमा एकाघर परिवार
कम्पनीलाई नियमन गर्ने कुनै निकाय नभएका कारण संस्थागत सुशासन ज्यादै खराब अवस्थामा रहेको देखिन्छ । मदिराजन्य पदार्थको उत्पादन गर्ने कम्पनीले सार्वजनिक गरेको साधारण सभाको सूचनामा कम्पनीमा सञ्चालकका नातेदारले कसरी लुट मच्चाउन खोजिका छन् भन्ने प्रष्टरुपमा देख्न सकिन्छ ।
साधारण सभाको सूचनाको प्रस्ताव नम्बर ६ मा जावलाखेल ग्रुप अफ कम्पनीज प्रालि, फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि र जेजिआई डिष्ट्रीव्युसन प्रालिसँग भएका सम्झौता अनुमोदन गर्ने उल्लेख छ ।
उल्लेखित सबै नीजि कम्पनीहरु विजयकुमार शाहका हुन् । सबै कम्पनीको अध्यक्ष विजयकुमार शाह छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा जावलाखेल ग्रुप अफ कम्पनीज (जीजेआई) एकल कम्पनीका रुपमा १३३२३१ नम्बरमा दर्ता छ । त्यसै गरी फुड एण्ड वेभरेज पनि कम्पनी रष्ट्रिारको कार्यालयमा ७५५०५ मा दर्ता छ । एकल कम्पनीका रुपमा दर्ता भएका दुवै कम्पनीको ठेगाना ललितपुर छ ।
डिष्टीलरीकी अध्यक्ष मार्गरेट टीजे शाह विजयकुमार शाहकी पत्नी हुन् । यसरी साधारण लगानीकर्ताले एउटा कम्पनीमा गरेको लगानीबाट हुने आम्दानीलाई एकलौटी बनाउन अनेक प्रपञ्च रचिँदा पनि त्यस्ता व्यक्ति उपर कुनै कार्वाही हुन सकेको छैन ।
डिष्टीलरीले उत्पादन गर्ने रक्सीको बेचबिखन र अन्य कारोबारहरुमा प्रबन्ध संचालकको स्वार्थ प्रत्यक्ष रुपमा बाझिने कृयाकलापहरु विगतदेखि नै हुँदै आएको हो । कम्पनीका अध्यक्षका श्रीमान विजयकुमार शाहले कम्पनीको आर्थिक कारोबार तथा उत्पादित रक्सीको बेचविखन तथा त्यसबाट आर्जन हुने नाफामा सिधा हस्तक्षेप गर्दै आएका छन् ।
शाहले आफ्नो मातहतका कम्पनीहरुलाई डिष्टिलरीको सबै काम गराउने बन्दोबस्त श्रीमतीको आडमा मिलाएका छन् । डिष्टीलरीको साधारण सभामा लगिने प्रस्तावमा पनि यो कुरा प्रष्ट रुपमा देख्न सकिन्छ । जीपी राजवाहक एण्ड कम्पनीलाई नै लेखापरीक्षकमा निरन्तरता दिने प्रस्तावले पनि डिष्टीलरीमा जालझेल बढेको प्रष्ट हुन्छ ।
यसरी मार्गरेट टीजे शाहले नातेदारका कम्पनीहरुमा सेटिगं मिलाएर डिष्टीलरीको नाफामा अप्रत्यक्ष रुपमा आफ्नो पुर्ण सहभागिता देखिएको हो । जुन कुरालाई कम्पनीको अघिल्लो आर्थिक वर्षको लेखापरीक्षणमा प्रष्ट रुपमा व्याख्या गरिएको छ । जीपी राजवाहक एण्ड कम्पनीका सीए अशेष राजबाहकले गरेको २०७२।०७३ को लेखापरीक्षण प्रतिबेदनमा विजयकुमार शाह र उनको कम्पनी विजय डिष्टीलरी, एशियन डिष्टीलरी, जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिज, फुड एण्ड टेक्नोलजी रिसर्च सेन्टरसँग कारोबार र लेनदेनको बिबरण यस्तो छ ।
माथि देखाइएका तथ्यले डिष्टीलरीसँग जोडिएका सबै कम्पनी विजयकुमार शाहको भएको प्रष्ट हुन्छ । नेपाल उद्योग परिसंघका अध्यक्ष समेत भैसकेका नरेन्द्र कुमार बस्न्यात पनि डिष्टीलरीको सञ्चालक छन् । डिष्टीलरीमा भएको यस्तो अनियमितता अनि लुटको धन्दाले लगानीकर्ताको लगानी दिनदिनै जोखिमको बाटोमा जाँदैछ ।
वित्तीय विबरणमा पनि अनियमितता
डिष्टीलरीले धेरै कमाई भएको वित्तीय बिवरण देखाउनका लागि वित्तीय बिवरणमा पनि बठ्याई गर्ने गरेको छ । बैंक, बीमा तथा वित्त कम्पनीको वित्तीय बिवरण नियमकले नजिकबाट हेर्ने गरेका छन् । तर डिष्टीलरीको हकमा यस्ता बिवरण कुनै निकायले नहेर्ने भएकाले धेरै कमाई देखाएर दोस्रो बजारलाई पनि प्रभावित पार्ने खेल भएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा डिष्टीलरीले २ करोड ४६ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको देखाएको छ । उसले आयकर तथा बोनस वापतको रकम वित्तीय बिवरण देखाएको छैन । यसरी कर नै नतिरर सबै कमाईलाई खुद नाफामा देखाएर कम्पनीका लगानीकर्ता तथा सम्बद्ध पक्षलाई गुम्राहमा पार्ने प्रयास डिष्टीलरीले गरेको छ । झुटो प्रचार गरेर दोस्रो बजारमा पनि ठुलो चलखेलमा डिष्टीलरीका व्यवस्थापकहरु सक्रिय रहेको कुरालाई उल्लेखित विषले पुष्टि गर्छ । किनी वित्तीय बिवरण आएदेखि कम्पनीको सेयर मूल्य बढ्दै गएको देखिन्छ ।
दोस्रो बजारमा पनि इन्साइडर कारोबार
बिहीबार मात्र नेपाल स्टक एक्सचेञ्जले डिष्टीलरीको कृयाकलाप शंकास्पद भएको भन्दै सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले साधारण सभा तथा लाभांसका सम्बन्धमा गत कात्तिक २९ गते निर्णय गरेको थियो । उक्त निर्णय गुपचुप राखेर साता पछि सार्वजनिक गरेर कम्पनीका केही व्यक्तिले इन्साइडर ट्रेडिगं गरेको बुझिएको छ ।
गत साउनमा पनि गलत हल्ला फैलाएर कम्पनीको सेयर मूल्य ८ सय हाराहारीबाट २४ स्इ नजिक पुर्याइएको थियो । केही दिनमा नै त्यो सेयर मूल्य १३ सय हाराहारीमा झर्दा उचालिएर महँगोमा सेयर किन्नेहरु छाँगाबाट खसेका थिए ।
कर छलेको बर्षौदेखिको मुद्धा विचाराधिन
हिमालय डिष्टीलरीले २०६० सालदेखि कर छलेको मुद्धा अदालतमा बिचाराधिन रहेकाले त्यस वापतको दायित्व पनि ब्यहोर्न पर्ने देखिएको छ ।
अदालतबाट कर निर्धारण भएको अबस्थामा करोडौको दायित्व कम्पनीले बोक्नुपर्ने अबस्था छ । अदालतमा कम्तिमा पाँच वटा यस्ता मुद्धाहरु विचाराधिन छन् । यसरी नियामक नभएको मौकामा कम्पनी भित्रबाट अनि दोस्रो बजारबाट दोहोरो लुट मच्चाइ रहेका छन् । यस्तो अवस्थामा साधारण सभा नजिकिँदै गर्दा सेयरधनी पनि मौन बस्नु झनै खतराको संकेत हो । वर्षैदेखिको बक्यौता करको मुद्धाका कारण नै कम्पनी पनि कम्पनी बन्द हुने अवस्थामा पुग्न सक्छ । तसर्थ लगानीकर्ताले कम्पनीलाई सुध्रिन दवाब दिनु् पर्ने देखिन्छ ।
यस कारण रोकियो हिमालयन डिष्टीलरीको सेयर कारोबार