अदालतले शर्तसहित साधारण सभा गर्न आदेश दिएपछि सनराइजले बोलायो साधारण सभा

Nov 27, 2017 merolagani

सनराइज बैंक(SRBL) ले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो । तर अदालतले बैंकलाई केही शर्त भने तोकेको छ ।



सञ्चालक चयनको विवाद अदालतसम्म पुगे पछि बैंकले यसअधि गत कात्तिक ३० बोलाएको साधारणसभा उच्च अदालतकै कात्तिक १९ गतेको आदेशबाट रोकिएको थियो । बैंकले कात्तिक १९ गते भएको आदेश खारेज गरी पाउँ भनि अदालतमा कात्तिक २७ गते निवेदन दायर गरेको थियो । सो निवेदन उपर सुनुवाई गर्दै अदालतको संयुक्त इजलासबाट मंसिर ७ गते पूर्ववत अन्तरिम आदेश खारेज गरिरहनु देखिन आएन भन्ने आदेशपछि बैंकले पुष ३ गते साधारण सभा गर्न लागेको हो ।

तर बैंकले अदालतको आदेश अनुसार यस साधारणसभाबाट संस्थापक शेयरधनीको समूहबाट संचालक निर्वाचन नगर्ने जनाएको छ । सभामा संस्थापक समूहको शेयरधनीबाट संचालक निर्वाचन गर्ने विषयलाई स्थगित गरी अन्य बाँकी प्रस्तावहरु भने पारित गरिनेछ । 

अदालतले संस्थापक  संचालकको निर्वाचन गर्ने बिषयलाई स्थगित गर्न आदेश गरेपनि बैंकले प्रकाशित गरेको साधारण सभामाको सूचनामा निर्वाचनका सबै कार्यक्रम स्थगित भएको उल्लेख गरिएको छ । 

बैंकले यस अघि बोलाएको साधारण सभाबाट बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा उत्पन्न भएको विवाद अदातलसम्म पुगेको थियो।

पुष ३ गते हुने बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब समेत पारित गर्नेछ । बैंकले प्रस्ताव गरेको बोनसको सेयर मूल्य नेप्सेमा समायोजन भैसकेको छ

७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सनराईजको १५ प्रतिशत ( १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ) बोनसपछि ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।