समीट माईक्रोको सेयर लिलामी भर्ने आज अन्तिम दिन

Nov 27, 2017 Merolagani

समीट माइक्रोफाइनान्स (SMFDB) ले मंसीर ४ गते देखि लिलामीमा ल्याएको लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने सोमबार अन्तिम दिन हो । लघुवित्तले संस्थापक समूहको २२ हजार ४६७ कित्ता र सर्वसाधारण समूहको ४ हजार ८२ कित्ता सेयर गरि कुल २६ हजार ५४९ कित्ता सेयरमा लिलामी आह्वान गरेको थियो ।

गत भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म शतप्रतिशत हकप्रद जारी गर्दा अवितरित सो परिमाणको सेयर विक्री नभएपछि लघुवित्तले लिलामीमा ल्याएको हो ।

लिलामीमा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लिलामीको आवेदन सानिमा क्यापिटलको कार्यालय, नक्साल र सानिमा बैकका शाखा कार्यालयहरु बिराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगन्ज, विरेन्द्रनगर, सुर्खेत, धनगढी, नारायणगढ र बिर्तामोड शाखाहरुबाट गर्न सकिने क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १०० कित्ताको लागि र अधिकतम सेयर संख्यामा हदवन्दी नलाग्ने क्यापिटलले जनाएको छ ।
१० लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा प्यान नम्वर उल्लेख गर्नुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद भने मंसीर ११ गते तोकिएको छ ।

उपत्यका बाहिरका सबै संकलन केन्द्रबाट विक्री प्रबन्धककोमा सबै लिलामी आवेदन प्राप्त भएपछि बोलपत्र खुला हुने मिति समय रस्थानको जानकारी गराईने क्यापिटलले जनाएको छ ।

७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले गत आर्थिक बर्षको कमाइबाट ४३.४८ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ । बोनसपछि लघुवित्तको पूँजी ९ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।

चालु आवको प्रथम त्रैमासमा लघुवित्तले ८२ लाख पाँच हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ४२ रुपैयाँ २७ पैसा कायम गरेको छ । जसको सेयर आईतबार प्रतिकित्ता १७५० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।