जनउत्थान लघुवित्त कमायो ३७ लाख खुद नाफा

Nov 27, 2017 Merolagani

जनउत्थान लघुवित्तले चालु आवको प्रथम त्रैमास अवधिमा ३७ लाख २० हजा।र रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले ५२ प्रतिशतले नाफा बढाएको हो । गत बर्ष २४ लाख ४६ हजार खुद नाफा कमाएको थियो ।

दुई करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ६७ पैसा कायम गरेको छ । तीन करोड २७ लाख रुपैयाँ जगेडाकोष रहेको लघुवित्तको १.१४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १५ करोड ८७ लाख निक्षेप संकलन र ६६ करोड २८ लाख कर्जा परिचालन गरेको छ । निक्षेप ६९ र कर्जा लगानी ६१ प्रतिशतले बढेको छ । अन्य सञ्चालन खर्च ८१ प्रतिशत र कर्मचारी खर्च ४४ प्रतिशत बढ्दा सञ्चालन नाफामा ७५ प्रतिशत र चर्को व्याज खर्च बढ्दा समेत १८ प्रतिशतको वृद्धि कायम भएको छ । जसलार्इ उसकाे प्रगतिकाे रूपमा नै लिन सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।