यसअघि नेपाल ग्रामिण बिकास बैकको संस्थापक सेयर ३०० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यमा आवेदन गर्न पाउने गरि ल्याईएकोमा हाल एक सय रुपैयाँ घटाएर न्यूनतम प्रतिकित्ता २०० रुपैयाँ बनाईएको हो ।
निर्धन उत्थानले नेपाल ग्रामिणको एक लाख ९१ हजार ९९२ कित्ता संस्थापक समूहको सेयर कात्तिक २० गतेदेखि मंसिर ६ गतेदेखि लिलामीमा राख्दा ४६ हजार ४२० कित्ता मात्र विक्री भएको थियो । अवतिरित सेयर फेरी मूल्य घटाएर विक्री गर्न लागिएको हो ।
यसमा विक्री प्रबन्धकको काम एनआइएबिएल क्यापिटलले गरेको छ । लगानीकर्ताले न्यूनतम २०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी रकम तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिनको लागि अन्तिम म्याद मंसिर २६ गते तोकिएको छ ।