फर्स्ट माइक्रोको ५० प्रतिशत हकप्रद पाइपलाईनमा

Nov 28, 2017 Merolagani

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त (FMDBL) ले गत वर्षको कमाईबाट वितरण गरेको १५ प्रतिशत बोनसपछि कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । माइक्रोफाइनान्स कम्पनीले मंसिर ८ गते  निवेदन दर्ता गराएको बोर्डले जनाएको छ ।

माइक्रोफाइनान्स कम्पनीले २ बराबर १ अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो ।

माइक्रोफाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ५० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ६८ करोड ४३ लाख ९५ हजार रुपैयाँ पुग्नेछ ।

फर्स्ट माइक्रोले चालु आवको प्रथम त्रैमासमा २ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।