बुकक्लोज मिति तोकेको दिन नै सहयोगी विकास बैंकको किन रोकियो सेयर कारोबार ?

Nov 28, 2017 Merolagani

सहयोगी विकास बैंक (SLBBJ) को सेयर कारोबार मंगलबारदेखि रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालक समितिको साधारण सभा र बुक क्लोजको निर्णय ढिला गरि सार्वजनिक जानकारीमा ल्याएपछि सोधपुछका लागि कारोबार रोक्का गरेको जनाएको छ ।

बैंक सञ्चालक समितिले मंसिर ९ गते साधारण सभाको मिति तोकेपनि १२ गतेमात्र नेप्सेमा जानकारी दिएपछि नेप्सेले कारोबार रोक्का गरेको हो । बैंककाे स्पष्टिकरण र अनुसन्धान पछाडि मात्र बैंककाे सेयर काराेबार खुला हुनेछ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बराबरको ८ करोड ४९ लाख ४४ हजार ७०० रुपैयाँ बराबरको बोनस तथा ५.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पुस १५ गते बैंकको केन्द्रीय कार्यालय जनकपुरधाममा दिउँसो १ बजे डाकिएको १४ औं बार्षिक साधारण सभाका लागि बैंकले मंसिर २८ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैंकको लाभांश मंसिर २७ गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्नेछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकको अहिले ४२ करोड ४७ लाख २३ हजार चुक्ता पुँजी रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ पुग्नेछ ।

गत आवमा १३ करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको सहयोगीले चालु आवको पहिलो त्रैमासमा भने एक करोड एक लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।