वाणिज्य बैंकहरुको शरणमा ५८ वित्तीय संस्था (सेयर स्वाप तथा संस्था सहित)

Nov 28, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले लाइसेन्स प्रक्रिया खुकुलो बनाएपछि पछि केही वर्ष पहिले धमाधम बैंक तथा वित्तीय संस्था खोल्ने होडबाजी चल्यो । गल्ली गल्लीमा बैंक तथा वित्तीय संस्थाहरु पनि खुले । धेरै संस्थाभन्दा बलियो संस्थाको जरुरत महसुस भए पछि राष्ट्र बैंकले मर्जर नीति अबलम्बन गर्यो । त्यसै बिचमा आएको पूँजी योजनाले धमाधम बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जान बाध्य भए ।

यस क्रममा वाणिज्य बैंकहरुले मात्र अहिलेसम्म ५८ वटा मर्जर तथा विलय प्रकृया पुरा गराएका छन् । केही बाध्यात्मक अवस्थामा मर्जरमा गएका छन् भने केही ठुलो संस्थामा विलय भएर बलियो संस्थाका रुपमा चित्त बुझाउन मर्जरमा गएका छन् । वाणिज्य बैंकहरुले गरेको मर्जर तथा विलयको तथ्यांक यस्तो छ ।

मर्जरको क्रम तिब्र बन्दा केही बैंक तथा वित्तीय संस्थाले एउटा पनि मर्जर गरेका छैनन् । आफैं कुनै न कुनै रुपमा अघि बढ्ने लक्ष्य लिएर राष्ट्र बैंकको अपेक्षा बाहिर शुन्य मर्जरमा गएका बैंकहरु यी हुन् ।

केही वाणिज्य बैंकहरुका बिचमा नै मर्जर भयो धेरै विकास बैंकहरु मर्जर तथा विलयमा गएका छन् । आफैं पूँजी पुर्याउन हम्मेहम्मे परे पछि मर्जरको बाटोलाई विकास बैंकहरुले सबैभन्दा उपयुक्त माध्यम बनाएको देखिन्छ ।

विकास बैंकहरुलाई राष्ट्रि, १० जिल्ले, ३ जिल्ले अनि १ जिल्ले व्यवस्थामा वर्गीकरण गरिएको थियो । तर नयाँ पूँजी योजनाले त्यस्तो वर्गीकरणलाई हटाएर २ वटा वर्गीकरण गर्यो । जस अनुसार कुनै पनि विकास बैंकले ५० करोडभन्दा बढी पूँजी पुर्याउनु पर्ने भयो । राष्ट्रिस्तरका विकास बैंकले अढाई अर्ब पूँजी पुर्याउँदै गर्दा ज्यादै थोरै पूँजी भएकाहरु समस्यामा परे । जसले गर्दा विकास बैंकहरु एक आपसमा मात्र नभई वाणिज्य बैंकहरुको शरणमा पुगेका हुन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

फाइनान्स कम्पनीहरुमा पनि विकास बैंकको जस्तै समस्या आई लाग्यो । अहिलेसम्म वाणिज्य बैंकहरुमा ३२ वटा विकास बैंक विलय भैसकेका छन् । त्यसै गरी वाणिज्य बैंकमा विलय हुने फाइनान्स कम्पनीको संख्या २१ छ ।

सबैभन्दा धेरै मर्जर तथा विलय गर्ने बैंकको सूँचीमा ग्लोबल आईएमई बैंक र प्रभु बैंक परेका छन् । दुवै बैंकले गरेको मर्जर तथा विलयको संख्या ७ छ । त्यस पछि ५ पटक मर्जर तथा विलय गर्ने बैंकहरुमा सिभिल बैंक र सेञ्चुरी बैंक परेका छन् । कुन बैंकले कति वटा मर्जर तथा विलय गरे ? तथ्यांकमा हेर्नुहोस् ।

वाणिज्य बैंकहरुका बिचमा नै मर्जर हुने अपेक्षा राष्ट्र बैंकले गरे पनि त्यसो हुन नसकेको तथ्यांकले देखाउँछ । वाणिज्य बैंकहरुमा जम्मा ४ वटा मात्र मर्जर भएको देखिन्छ । कुन बैंकले कसलाई गर्यो मर्जर ? अनि कति कायम भएको थियो सेयर स्वाप ? यो तथ्यांक हेर्नुहोस् ।

 

 

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।