लाभांश पारित गर्न तिनाउ र सहयोगीले बोलाए साधारणसभा, बुक क्लोज कहिले ?

Nov 29, 2017 merolagani

गत आर्थिकबर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांस लगायतका प्रस्ताव पारित गर्न तिनाउ विकास बैंक(TNBL)  र सहयोगी विकास बैंक (SBBLJ) ले बार्षिक साधारणसभा बोलाएका छन् । तिनाउले पुष ८ गते तथा सहयोगीले पुष १५ गते बार्षिक साधारणसभा राखेका छन् ।



तिनाउको ११ औँ वार्षिक साधारण सभा पुस ८ गते क्लब डेनोभो प्रा.लि., बुटवलमा हुने भएको छ । सभाको विशेष प्रस्तावमा १० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २० गते बुक क्लोज गर्ने भएको छ । बैंकको प्रस्तावित लाभांस पाउन मंसिर १९ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

बैंकको चुक्ता पूँजी ४६ करोड आठ लाख ४९ हजार रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी झण्डै ५३ करोड रुपैयाँ पुग्नेछ ।

बुटवलमा केन्द्रीय कार्यालय रही तीन जिल्ला कार्यक्षेत्र रहेको बैंकको बोनसपछि राष्ट्र बैंकले तोकेको पूँजी पुग्नेछ । तीन जिल्ले विकास बैंकले ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने व्यवस्था छ ।

सहयोगीको साधारण सभा पुस १५ गत, २४.५ प्रतिशत लाभांश प्रस्ताव

सहयोगी विकास बैंकको १४ औँ वार्षिक साधारण सभा पुस १५ गते बैंकको केन्द्रीय कार्यालय, जनकपुरधाममा हुने भएको छ । बैंकले साधारणसभाबाट २० प्रतिशत बोनस शेयर तथा ४.५० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि बैंकले मंसिर २८ गतेदेखि पुस १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकको प्रस्तावित लाभांस पाउन मंसिर २७ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ४२ करोड ३० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ५० करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।