हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । प्रतिशतको आधारमा हेर्दा बैंकले प्रस्ताव गरेकाे बाेनस ६.१५७ प्रतिशत हुन आउँछ । बैंकले बोनस सेयर प्रयोजनका लागि १५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।
बोनस वितरण पछि बैंकको पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । गत आवमा बैंकले तीन करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८२ पैसा कायम गरेको थियो २१४ प्रतिशत हकप्रदलाई पूँजीकरणपछि भने कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ हाराहारीमा सिमित हुनेछ ।