गुडविल फाइनान्सको बुकक्लोज, बोनस पाउन कहिलेसम्म किन्नुपर्छ सेयर ?

Nov 29, 2017 Merolagani

गुडविल फाइनान्स कम्पनी (GFCL) ले साधारण सभाका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले पुस ७ गते डाकेको साधारण सभाका लागि मंसिर २५ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको हो ।

यसअनुसार फाइनान्सको लाभांश प्राप्त गर्न मंसिर २४ गतेसम्म सेयरधनी कायम भएको हुनुपर्नेछ । साधारण सभामा कम्पनीले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १०.१९२ प्रतिशत बराबरको सात करोड ४० लाख रुपैयाँको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बोनसमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले ०.५४ प्रतिशतले हुन आउने ३८ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश समेत छुट्टाएको छ ।

बोनसपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ । चालु आवको प्रथम त्रैमासमा फाइनान्सले एक करोड २० लाख रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६ रूपैयाँ ६५ पैसा कायम गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।